बैशाख २८, २०८२ आईतबार

ओमानविरुद्धको खेलमा नेपालको उत्कृष्ट जित

काठमाडौं । चारदेशिय टी २० क्रिकेट सिरिज अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले उत्कृष्ट जित निकालेको छ । ओमानको अल अमारतमा भएको खेलमा दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट पारीका कारण नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो । 

एक सय ३६ रनको लक्ष्य पक्ष्याइरहेको नेपालले २१ रन हुँदा पहिलो विकेट गुमाएको छ । नेपालका आशिफ शेख १४ रनमा आउट भएका छ । 
अल अमारत क्रिकेट मैदानमा मध्यम स्कोरलाई पक्ष्याइरहेको नेपाली टिमका ओपनर आशिफले ११ बलमा तीन चौकाको मद्दतले १४ रन बनाए । उनी कलिमुल्लाहको बलमा सोयब खानको हातबाट क्याच आउट भए । 

त्यसको लगत्तै नेपालले दोस्रो विकेट गुमायो । नेपालका अर्का ओपनर प्रदिप ऐरी मात्र चार रनमा आउट भए । उनलाई कलिमुल्लाहले नसिम खुसीको हातबाट पेभेलियन फर्काए । उनले १४ बलमा चार रन बनाए । 

तीन ओभरसम्म विना विकेट २१ रनमा खेलिरहेको नेपालले एकै ओभरमा दुई विकेट खेर फाल्यो । चौथो ओभरको दोस्रो बलमा आशिफ आउट हुँदा छैटौं बलमा प्रदिप पेभेलियन फर्किए । 

त्यसपछि दिपेन्द्रसिंह ऐरी र पूर्व कप्तान ज्ञानेन्द्र मल्लले टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । उनीहरुले तेस्रो विकेटका लागि ४० रनको साझेदारी गरे । तर नेपालको स्कोर ६२ रन हुँदा ज्ञानेन्द्र मल्ल ब्यक्तिगत १३ रनमा आउट भए । उनले १६ बल खेलेका थिए । 
त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि ब्यक्तिगत २५ रनमा आउट भए । उनले दिपेन्द्रसिंह ऐरीसँग मिलेर ४५ रनको साझेदारी गरेका थिए । तर खवार अलीको बलमा खुराम नवाजको हातबाट आउट हुँन अगाडी उनले २० बलमा तीन चौकाको मद्दतले २५ रन बनाए । उनी आउट हुँदा नेपालको स्कोर एक सय सात रन थियो । नेपालको जितमा दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । 

अल अमारत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३५ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको ओमानले २४ रन हुँदा पहिलो विकेट गुमायो । उसका ओपनर कश्यप प्रजापतीलाई ब्यक्तिगत ११ रनमा अभिनाश बोहराले बोल्ड गर्दै पेभेलियनको बाटो देखाए । त्यसका लगत्तै जतिन्दर सिंहलाई आरिफ शेखले ब्यक्तिगत १३ रनमा विकेटकिपर आशिफ शेखको हातबाट क्यान आउट गराउँदा ओमानको स्कोर २४ रन थियो । 

त्यसपछि आयान खानलाई कमलसिंह ऐरीले ब्यक्तिगत ११ रनमा आउट गरे । जसका कारण ओमानले ४२ रनमा तेस्रो विकेट गुमायो । ओमानको स्कोर ५८ रन हुँदा चौथो विकेट झर्यो । उसका सोयब खानलाई सन्दिप लामिछानेले आशिफ शेखको हातबाट नै क्याच आउट गराए । सन्दिपको यो टी २० अन्तराष्ट्रियमा ४८ औं विकेट थियो । 

त्यसपछि कप्तान जिसान मक्सुद र मोहम्मद नदिमले ओमानको पारिलाई सम्हालेका थिए । उनले पाँचौं विकेटका लागि ६१ रनको साझेदारी गरे । 

तर जिसान मक्सुद ३५ रनमा खेलिरहेका बेला अभिनाशको बलिङमा आरिफ शेखले क्याच मिस गरेका थिए । तर त्यसको लगत्तै अभिनाशले नै नेपाललाई पाँचौं सफलता दिलाए । उनले मोहम्मद नदिमलाई ३१ रनमा शरद भेषवाकरको हातबाट क्याचआउट गराए । त्यो बेला ओमानको स्कोर एक सय  १९ रन थियो । तर अर्को बलमा नसिम खुसीलाई खाता खोल्न नदिँदै शरदको हातबाट क्याच आउट गराए । जसका कारण ओमानले एक सय २० रनमा ६ विकेट गुमायो । 

बलिङमा कमलसिंह ऐरीले चार ओभरमा २५ रन खर्चिएर एक विकेट लिए भने आरिफ शेखले एक ओभरमा दुई रन खर्चिदै एक विकेट लिए भने सन्दिपले तीन ओभरमा १७ रन दिएर एक विकेट लिए । नेपालका लागि कमलसिंह ऐरीलेस तीन विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएर महत्वपुर्ण विकेट लिए । नेपालका लागि सागर ढकाल केहि महंगो सावित भए । उनले तीन ओभरमा ३६ रन खर्चिए । 

प्रकाशित मिति : माघ २८, २०७८ शुक्रबार  ७ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]