मगमग उधोगको आगलागी फैलिने जोखिम छैन : प्रहरी प्रवक्ता
बिर्तामोड । मगमग चाउचाउ उद्योगमा विहान ४ बजेदेखि शुरु भएको आगलागी पूर्ण रुपमा नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

१२ वटा दमकलसहित सुरक्षाकर्मी आगो निभाउन खटिएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार आगो फैलिने जोखिम कम भएको छ । प्रवक्ता भन्छन्, सबै खरानी भइसक्यो । अब फैलिनु पनि कहाँ र ? आगलागीले उधोगमा पूर्ण रुपमा क्षति पुगेको छ । मगमग १ अर्व लगानीमा ०७५ सालदेखि स्थापना गरिएको थियो ।
आगो निभाउन मेचीनगर नगरपालिकासहित झापा, इलाम, मोरङ र सुनसरीका १२ वटा दमकल प्रयोग भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, दमकल कर्मचारी, सर्वसाधारण लगायतले आगो निभाउन सहयोग गरिरहेका छन् ।