जेष्ठ १३, २०८२ सोमबार

चेक बाउन्सको मुद्धा मिलाइदिन्छु भन्दै ठगि गर्ने बिर्तामोडबाट पक्राउ

बिर्तामोड । चेक बाउन्सको मुद्धा मिलाइदिन्छु भन्दै ठगि गर्नेलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । प्रहरीले बिर्तामोडको सिटि सेन्टर क्षेत्रबाट बिर्तामोड –५ का ३६ वर्षीया दिनेश लिम्बुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बुले बिर्तामोड– ६ का यम बहादुर बस्नेतबाट बिभिन्न मितिमा २ लाख ३० हजार ठगि गरेका थिए । पुनः मुद्दा मिलाउन भनि रू.४ लाख माग गरेपछि ठगि गरेको घटना बाहिर आएको हो । बस्नेतसँग ठुलो रकम माग भएपछि उनले दिन नसक्ने बताएका थिए । बस्नेतले भने, त्यत्रो रकम म दिन सक्दिन भन्दा मलाई डर त्रास तथा धाक धम्की दिए ।

आफु ठगिएको थाहा पाएपछि बस्नेतले उक्त रकम दिलाई पाउँ र लिम्बुलाई आवश्यक कार्वाही गरी पाउँ भनि इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका थिए ।

लिम्बुलाई पक्राउ गरि आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी राखेर म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २, २०७८ सोमबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]