जेष्ठ १३, २०८२ सोमबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आज बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुनेछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावबारे छलफल हुने मुख्य एजेण्डा छ । कांग्रेससहित ९८ सांसदले आइतवार प्रधानन्यायाधीशविरुद्ध महाअभियोगको प्रस्ताव पेस गरेका थिए । महाअभियोग प्रस्ताव पारित गर्न दुई तिहाइ सांसदको आवश्यकता पर्छ ।

त्यस्तै बैठकमा एमसीसीका बारेमा पनि छलफल हुनेछ । सरकारले भोलि बस्ने संसद् बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेको छ। प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा संसदबाट एमसीसी सजिलै पास हुनेमा ढुक्क हुनुहुन्छ । हिजो बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले एमसीसीलाई सदनमा पेस गरी वारपार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]