जेष्ठ १३, २०८२ सोमबार

थप ६८० जनामा कोरोना पुष्टि, २ को मृत्यु

बिर्तामोड । पछिल्लो २४ घण्टामा देशभर ६८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ७ हजार ९५ जनामा कोरोना परीक्षण गर्दा ६८० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय कोरोना संक्रमित हुने भन्दा निको हुने दर बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ हजार ८३५ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । यससँगै देशभर सक्रिय संक्रमित २० हजार भन्दा कम रहेका छन् । अर्थात मंगलबार देशभर १९ हजार ४०० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०२ जना पुगेको छ ।

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ५ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]