जेष्ठ १२, २०८२ आईतबार

झापाको कुटीबाट ८ लाखको अवैध औषधि बरामद

बिर्तामोड । अस्थायी प्रहरी चौकी कुटीले अवैध रुपमा नेपाल भित्राएको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतबाट अवैध रुपमा भित्राएको ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरिएको हो ।

कचनकवल –१ मा कुटिमा हिडिरहेका पुरुषलाई चेकजाँच गर्न खोज्दा औषधिको बोरा फालेर भागेको प्रहरीको भनाई छ । कुटीको गस्ती टोलीलाई देखेपछि युवाहरु भागेका थिए, झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले भनेका छन् । बरामद भएको औषधिलाई जिल्ला प्रहरी कार्यालय ल्याएर सम्बन्धित कार्यालय बुझाउने तयारी गरिएको बताइएको छ ।

बोरामा फेला परेका औषधि

प्रकाशित मिति : फाल्गुन ३, २०७८ मंगलबार  ६ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]