जेष्ठ १३, २०८२ सोमबार

भिजिट भिसाको भर नपरौं

सम्पादकीय

झापा गौरीगञ्जका युवा दुवईमा अलपत्र परिरहेका छन् । उनीहरु अलपत्र पर्नुको मुख्य कारण हो, भिजिट भिसा । गाउँले कै भरोसामा दुवई उडेका गौरीगञ्जका ९ जना युवासहित ११ जना अलपत्र परेका छन् । त्यसैको बारेमा समाचार लेख्ने पत्रकार मदन राजवंशीलाई हातै काटिदिने धम्की समेत आएको छ । भिजिट भिसामा दुवई पठाउने स्थानीय सञ्जय महतोले पत्रकार राजवंशीलाई आफ्नो कमजोरीप्रति वेवास्था गरेर धम्की दिए । जसले उनैलाई कठिनाई भइरहेको छ । गल्ती लुकाउन दिइने धम्की आफैमा प्रतित्पादक हुने निश्चित छ ।

वैदेशिक रोजगारीमा जान त्यति सहज पनि छैन । जान सहज हुनेहरुलाई भनेजस्तो तलव छैन । यस प्रकारका समस्याका बिच यस्तै–यस्तै विधि पनि अपनाएको पाइन्छ । सहजै धेरै पैसा कमाउने बाटो खोज्दै जाँदा भिजिट भिसाको फन्दामा परेका युवाहरु काम नपाएर तड्पिएका छन् । युवालाई सहजै काम उलब्ध गराउने , नभए सुरक्षित रुपमा घर फर्काउन पहल गर्नुपर्नेमा उल्टै धम्की दिने महतोलाई तत्काल पक्राउ गरि कारवाही गर्नुपर्छ । उनले पत्रकारले लेखेको समाचारमा चित्त नबुझे न्यायका लागि आवाज उठाउने ठाउँ पर्याप्त छ ।

नेपाली समाजमा वैदेशिक रोजगारी समस्याहरुमध्येको प्रमुख समस्या पनि हो । यसले थोरै परिवारमा मात्र खुशी ल्याएको छ । प्रायः को परिवारमा वैदेशिक रोजगारी समस्याको जड छ । यसको विकल्पमा स्वदेशमै स्वरोजगार बन्नुपर्छ । बद्मासहरुको फन्दामा परेर आर्थिक र सामाजिक रुपमा समस्यामा पर्नुभन्दा बेलैमा सचेत हुनुपर्छ । बजार क्षेत्रमा भएका वैदेशिक रोजगारमा पठाउने मेनपावरमा समेत राम्रोसँग बुझेर मात्र काम गर्नुपर्छ । गाउँमा ठुलो विश्वासले चिनजानकै व्यक्तिबाट काम गर्दा समेत समस्या हुन्छ भने अन्यत्र झनै सचेत र सतर्क हुनुपर्छ । खासगरी भिजिट भिसाको भरमा पर्नु नै हुदैन ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]