जेष्ठ १२, २०८२ आईतबार

नामगेललाई जिताउन आग्रह

बिर्तामोड । झापा बिर्तामोडका नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन उनको परिवारले आग्रह गरेको छ ।

एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आईडल सिजन –४ को टप ८ मा परी भोटीङ राउण्डमा पुगेर प्रतिष्पर्धा गरिरहेका उनलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन भोट गरिदिन उनकी आमा गीता तामाङले आग्रह गरेकी हुन् ।

नामगेल तामाङलाई भोटीङ गर्न स्वदेशमा रहने शुभचिन्तकहरुले आफ्नो मोबाइलमा सेलपे र विदेशमा रहनेले सृष्टी एप डाउनलोड गरी त्यसमा भोटिङ कोड ०७ टाइप गरी ३७००० मा सेन्ड गर्न सकिने उनले बताइन् । बिहीबार राति १० बजेदेखि सोमबार दिउँसो १२ बजेसम्म भोटिङ खुल्ला गरिएको बताइएको छ ।

झापाको बिर्तामोडमा रहेर आफ्नो साँगितीक यात्रा अगाडी बढाउँदै गएका उनी नेपाल आईडल सिजन– ४ मा सहभागी हजारौं प्रतिस्पर्धीमध्ये १ सय २६ मा छानिएर १ सय १६ जनालाई पछि पार्दै टप ३० मा परेका थिए । उनी टप ३० मध्येबाट आफ्नो उत्कृष्ठ प्रस्तुतीका आधारमा टप १२ हुँदै टप ८ मा पुगेका छन् ।

नामगेल तामाङलाई नेपाल आईडल सिजन– ४ को बिजेता बनाउन संगितकार जोनी तामाङको संयोजकत्वमा नामगेल तामाङ जिताउ अभियान समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुस गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललीत राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाँचकोटी रहेका छन् ।

नामगेल तामाङ जिताउ अभियान समितिले अहिले प्रचारप्रसार र भोटिङ अभियानलाई तीव्रता दिएको नामगेल तामाङ जिताउ अभियान समितिका संयोजक जोनी तामाङले बताए ।

बिर्तामोडको सरगम संगीतालयमा संगीत र भोकल सिकेर गायन कलामा अब्बल नामगेल तामाङलाई नेपाल आईडल सिजन –४ को बिजेता बनाउन भोट गरिदिन उनका संगीत गुरु सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझीले आग्रह गरेका छन् ।

प्रकाशित मिति : फाल्गुन ४, २०७८ बुधबार  ९ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]