विधार्थीलाई धमाधम पोसाक बाँढ्दै बिर्तामोड
बिर्तामोड । सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि पोसाक वितरण गर्ने कार्यलाई बिर्तामोड नगरपालिकाले तीव्रता दिएको छ ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, वडा नम्बर ९ को वडाध्यक्ष पवित्रा पाठक, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर खवास, सिएस गार्मेन्ट उद्योगका सञ्चालक मोती गौतम सहितको टोलीले विहीबार वडा नम्बर ९ का ३ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो । दुर्गा माध्यमिक विद्यालयमा २१५ जना, देवकोटा आधारभुत विद्यालयमा ९४ जना र शहीद लक्ष्मी प्राथमिक विद्यालयमा १३७ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको जनाइएको छ ।

सबै विद्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख शिवाकोटी र उपप्रमुख महातारा प्रसाईले प्रतिनिधिमुलक ढंगबाट एक छात्र, एक छात्रा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पोशाक हस्तान्तरण गरेका छन् । नगरपालिकाले सामुदायिक विद्यालयका नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुका लागि बुधबारदेखि पोशाक वितरण कार्यलाई अघि बढाएको हो । नगरपालिकाले बुधबार बिर्तामोड ६,७ र ८ नम्बर वडाका ४ वटा विद्यालयमा पुगेर ५६२ जना विद्यार्थीलाई पोशाक वितरण गरेको थियो ।