बिर्तामोडलाई विधार्थीको धन्यवाद
सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकाले शुरुआत गरेको एउटा अभियानबाट साना बालबालिका असाध्यै खुशी भएका छन् । नगर क्षेत्रभित्र रहेका कक्षा ५ सम्मका विधार्थीलाई बिर्तामोड नगरपालिकाले पोसाक वितरण अभियान सञ्चालन गरिहरेको छ । सामुदायिक विधालयमा अध्ययनरत विधार्थीलाई लक्षित गरेर सञ्चालन गरिएको अभियानप्रति नगरको समग्र शिक्षा क्षेत्र उत्साहित भएको छ । शिक्षा क्षेत्रमा नगरपालिकाले नियमित गर्नुपर्ने काम गरिहरेको कै थियो । तर, विधार्थी नै खुशी हुने यो अभियान सञ्चालन गरेकोमा नगरलाई धन्यवाद नै दिनुपर्छ ।
सामुदायिक विधालयमा अध्ययन गर्ने धेरै जसो बालबालिका विपन्न परिवारबाट छन् । जो सँग विधालय पोसाकको समस्या छ । उनीहरुका लागि अभियान साच्चै प्रभावकारी भएको छ । दैनिक मजदुरी गरेर जीवनयापन गर्ने परिवारमा बालबालिकाको लालनपालनमा पनि समस्या भइरहेको हुन्छ । ससाना समस्याले गर्दा विधार्थी विधालयप्रति आकर्षित नभएको पनि हुन सक्छ । विधालय पोसाकको समस्या भएका विधार्थीका लागि अभियानले ठुलो मद्दत गर्ने निश्चित छ । यस्तै, विधार्थीलाई मन छुने र आवश्यकतालाई मध्यनजर गरेर नगरले कार्यक्रम बनाउन पनि आवश्यक छ ।
शिक्षा क्षेत्रमा पोसाक वितरणलाई सामान्य रुपमा पनि लिन सकिन्छ । तर, यसको सन्देश महत्वपूर्ण छ । सामुदायिक विधालयप्रति विधार्थीको आकर्षण गर्न यसको ठुलो सहयोग पुग्नेछ । निराश भएका अभिभावक र विधार्थीमा अभियानले जागरुप बनाएको छ । विधार्थीले पोसाक ग्रहण गर्दैगर्दा विधार्थीको अनुहारमा देखिने खुशीलाई हेरौं । उनीहरुका सामान्यभन्दा सामान्य आवश्यकतालाई पुरा गर्ने दायित्व स्थानीय तहको हो । प्राविधिक सहयोग गर्न स्थानीय तहकै उत्तरदायित्वभित्र पर्छ । गुणस्तरीय शिक्षाका लागि विधालयमा शिक्षक कर्मचारीले मेहनत गर्नुपर्छ । तब, मात्र यस प्रकारका अभियानले सार्थकता पाउने छन् ।