जेष्ठ १, २०८२ बुधबार

चिचिको पनि लोभ पापाको पनि लोभ

सम्पादकीय

अनौठो दृष्यका बिचमा अमेरिकी परियोजना एमसीसी संसद्मा टेवल भयो । नेताहरुको स्वार्थको घेराभित्र परेको एमसीसी दर्ता हुनुले मुलुकमा दलहरुको हविगत पनि प्रष्टाएको छ । खासगरी सत्ता गठबन्धनको गतिविधिले आम नागरिक आजित भए । एमसीसी कुनै हालतमा पास हुदैन भन्ने प्रचण्डले अहिले संसद्मा दर्ता गराउन प्रमुख भूमिका निभाए । बाहिर आम कार्यकर्तालाई विरोध प्रदर्शनमा सहभागी गराएर संसद्भित्र मुस्कुराइरहेका प्रचण्डले नेपाली राजनीतिमा ठुलाठुला समस्या सिर्जना गर्दै आएका छन् । त्यसको अर्को घटना हो, एमसीसी ।

एमसीसीको सन्दर्भमा सधैं दोचारे भूमिकामा रहेका प्रचण्डका अन्य नेता कार्याकर्ता प्रहरीको लाठी खाइरहेका छन् । उनकै युवा, विधार्थी प्रहरी दमन मुर्दावादको नारा लगाइरहेका छन् । सरकारका विरुद्ध नारावाजी गर्न सक्ने परिस्थितिमा उनीहरु छैनन् । किनभने, सरकारमा आफ्नै पार्टी छ । आधा पार्टी सरकारमा छ, आधा सडकमा । यो अवस्थामा धेरै नेता कार्यकर्ताहरुले सरकार छोड्नुपर्ने आवाज उठाइरहेका छन् । तर, प्रचण्डले अझै पर्ख र हेरको अवस्थामा रहेको प्रतिक्रिया दिइरहेका छन् ।

नेपालको राजनीतिमा इतिहासमा एक वेला अनुशासन थियो । जब, माओवादीको हिंसात्मक राजनीति शुरु भयो त्यस समय यता, देशमा खासै शान्ति छैन । सत्तामा पुग्न गर्ने अनेक चालवाजीले अशान्ति मात्रै बनाएको छ । अहिले निर्वाचनमा सहज होस् भन्ने आशाले गठबन्धन छोड्न मन छैन । गठबन्धन छोड्दा सरकारबाट पनि चिप्लिनुपर्छ । फेरि, आफ्नै सरकारले ल्याएको एमसीसीलाई सहयोग गर्ने, नगर्ने दुविधामा रहेका प्रचण्डले चिचिको पनि लोभ, पापाको पनि लोभ देखाए । यस प्रकारको प्रवृत्ति राष्ट्रकै निम्ति दीर्घकालिन समस्या हुने निश्चित छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]