जेष्ठ ११, २०८२ शनिबार

इलामबाट व्यवसायिक उडान सुरु

इलाम । यती एयरलाइन्सको भगिनी संस्था तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा बुधबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्ग पक्की बनिसकेपछि तारा एयरले इलामको पहिलो नियमित व्यावसायिक उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।

तारा एयरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको हो । पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, नाट्टाका अध्यक्ष अच्युत गुरागाईं, होटल एसोसिएशन अफ नेपालका उपाध्यक्ष विनायक शाहसहित पर्यटन व्यवसायीको १४ जनाको टोली उडानमा सहभागी थियो । ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको उक्त विमानस्थलमा पक्की धावनमार्ग बन्नुअघि विस २०७५ जेठ २१ गते तारा एयरले पहिलो परीक्षण उडान गरेको थियो ।

तारा एयरले आइतबार र बिहीबार हप्तामा दुई दिन नियमित उडान गर्ने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए । उक्त एयरले काठमाडौँ इलामका लागि ८ हजार ७ सय भाडादर कायम गरेको छ । उडानको समय भने एक घण्टा लाग्नेछ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहीबार  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]