झापा एमालेका १५ इञ्चार्ज : बुद्धशान्तिले मात्रै पायो महिला
बिर्तामोड । नेकपा एमाले झापाले १५ पालिकाको इञ्चार्ज तोकेको छ । पार्टीको बुधबार सम्पन्न बैठकले सबै पालिका कमिटीको इञ्चार्ज तोकेको हो ।

बैठकले बिर्तामोडको इञ्चार्जमा देवराज कार्की, बुद्धशान्तिमा यागमाया पराजुली, मेचीनगरमा देवकुमार राई, अर्जुनधारामा दिपेन्द्र लम्साल, भद्रपुरमा हरि तिम्सिना, कचनकवलमा हरि घिमिरे, बाह्रदशीमा ओम नारायण राजवंशी, हल्दिबारीमा नरेश चुडाल, कनकाईमा रविन्द्र लम्साल, झापामा हिम बहादुर कार्की, शिवसताक्षीमा धन बहादुर थेवे, कमलमा नारायण गौतम, गौरीगञ्जमा केदार ढुङ्गेल, गौरादहमा नगरेन्द्र भण्डारी र दमकमा बोधप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
जिल्लाका १५ पालिकामा ४३ जनालाई सहइञ्चार्ज बनाइएको छ । इञ्चार्जमा १ र सहइञ्चार्जमा २१ जना महिला नेतृत्वले जिम्मेवारी पाएका छन् ।