जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोडमा आगलागी : ठूलो दुर्घटना टर्यो

बिर्तामोड । झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको एक घर आगलागीबाट क्षतिग्रस्त भएको छ । बिर्तामोड,भद्रपुर र मेचीनगरका तीन दमकलले एक घन्टामा आगी निभाएका छन् ।

भद्रपुर रोडस्थित नमस्ते होटलसगै जोडिएको घरमा आगलागी भएको थियो । स्थानीय मजदुरहरु बस्ने घरमा आगलागी हुँदा फैलिने डरले स्थानीय पसलहरु बन्द गरिएका थिए । नजिकैको होटलमा आगो फैलिएर ग्यास, तेलमा आगो लाग्ने डर थियो ।

सुरक्षाकर्मी,दमकल र स्थानीयले केहिबेर मै आगो नियन्त्रणमा लिएका छन् । मध्य बजारमा लागेको आगो नियन्त्रण भएकाले बिर्तामोड ठूलो दुर्घटनाबाट बचेको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार  २ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]