जेष्ठ ९, २०८२ बिहीबार

फरार प्रतिवादी पक्राउ

बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले वन पैदावार ओसारपसार मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ । प्रहरीले अर्जुनधारा–७ का ३८ वर्षीय गजेन्द्र राईलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी र अनारमनीको प्रहरी टोलीले राई पक्राउ गरेको हो । जिल्ला अदालत झापाको ०६७ फागुनको फैसला अनुसार वन पैदावार ओसारपसार मुद्दा शिर्षकमा फरार रहेका प्रतिवादीलाई फैसला कार्यन्वयनको लागि नियन्त्रणमा लिइएको हो । राईलाई आइतवार झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार पठाउने आदेश भएको छ ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आईतबार  ५ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]