बिर्तामोडमा श्रमिक महिलालाई सम्मान
बिर्तामोड । बिर्तामोड नगरपालिकाले १ संस्थागत सहित १० जना श्रमिक महिलालाई सम्मान गरेको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा बिर्ताबजारमा शुभकामना तथा महिला सम्मान कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले विभिन्न विधागतरुपमा श्रमिकहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा वडा नम्बर १ कि वेदकुमारी कुमाल,वडा नम्बर २ को पुर्वेली महिला नौमती बाजा समुह, वडा नम्बर ३ कि प्रतिभा राजवंशी,वडा नम्बर ४ कि थिरादेवि भट्टराई अधिकारी, वडा नम्बर ५ कि मंगलमाया केरुङ्ग, वडा नम्बर ६ कि फुलमति करुवा, वडा नम्बर ७ कि गीता चौधरी, वडा नम्बर ८ कि लिला राजवंशी,वडा नम्बर ९ कि सुरजमुनि टुडु र वडा नम्बर १० कि वुद्वीमाया किस्कु रहेका छन् ।
सम्मानित हुनेहरुलाई नगर उपप्रमुख पवित्रा महतारा प्रसाई र वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले अबिर, माला लगाएर मायाको चिनो सहित सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगरको न्यायिक समिति शाखा अधिकृत टिका लामिछानेले वेइजिङ्ग घोषणा पत्र प्रस्तुत गरेकी थिइन् । घोषणा पत्रमाथि न्यायिक समितिकी कानुनी सल्लाहकार कमला आचार्य र वीरता लेडि जेसीसकी निवर्तमान अध्यक्ष स्वास्तिका आचार्यले टिप्पणी प्रस्तुत गरेकी थिइन् ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यता तथा उपप्रमुख पवित्रा महातारा प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपाने, वडा नम्बर ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, महिला मुक्ति अभियान कि अध्यक्ष राधा सुव्वा, तिलरुपा श्रेष्ठ लगायतले महिला हक अधिकार र वर्तमान अवस्थाको बारेमा बोलेका थिए । कार्यक्रमलाई वडा नम्बर ६ कि वडा सदस्य पवित्रा ढुङ्गानाले स्वागत तथा नगर कर्मचारी गोमा पोख्रेलले सञ्चालन गरेकी थिइन् ।