जेष्ठ ९, २०८२ बिहीबार

अर्जुनधारा जलेश्वरधामको अध्यक्षमा पुनः गट्टानी

इन्द्रकुमार राई

अर्जुनधारा । अर्जुनधारा जलेश्वरधामको अध्यक्ष पदमा पुनः नवीन गट्टानी सर्वसम्मत चयन भएका छन् । धामद्वारा श्रवण हलमा आयोजित ३१ औ बार्षिक साधारणसभा तथा अधिवेशनबाट गट्टानी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका हुन् ।

नयाँ कार्य समितिको उपाध्यक्षहरुमा भिमचन्द्र भट्टराई ,चन्द्रकला भण्डारी, अम्बिकाप्रसाद खतिवडा, महासचिवमा शिवलाल खतिवडा , सचिवमा कृष्णप्रसाद भट्टराई, कोषाध्यक्षमा मनोज जोशी र सह–कोषाध्यक्षमा दिपक तामाङ निर्विरोध चयन भएका छन् । ४ वर्षे कार्यकाल रहने कार्य समितिको वरिष्ठ सदस्यमा चित्रसेन भण्डारीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक लवकुश गिरीले जानकारी दिए ।
त्यसैगरी सदस्यहरुमा भानु शिवाकोटी , रमा चापागाईं, रमेश त्रिखत्री, शुशिला सुवेदी , श्याम घिमिरे, निरज ओली , ध्रुवकुमार पौडेल ,हरिभक्त बराल, चन्द्रा ओली, राधा बुढाथोकी , पुनम पोखरेल सुवेदी, वेनु शिवाकोटी निर्विरोध चयन भएका छन् ।

अधिवेशनले लेखा समितिको संयोजकमा कृष्ण पौडेललाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा छविलाल शिवाकोटी र छविलाल शिवाकोटी र मनोरथ पाण्डे चयन भएका छन् । शंकाराचार्य वेद बिद्या पीठ साधुटारका अध्यक्ष एवम् ब्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको साधारणसभामा धामका अध्यक्ष नवीन गट्टानीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष मनोज जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष गट्टानीको सभापतित्व र उपाध्यक्ष अम्बिकाप्रसाद खतिवडाको संचालनमा भएको साधारणसभामा प्रमुख खतिवडा , नेपाली कांग्रेस जिल्ला सदस्य सरस्वती सिटौला(गोले) नगर सभापति हेमराज खरेल, ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजका अध्यक्ष रामप्रसाद भट्टराई, धामका उपाध्यक्ष चन्द्रकला भण्डारी , मुख्य पुजारी अग्नीप्रसाद सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  २ : १४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]