दोमुखाका अग्निपीडितको क्षतिग्रस्त संरचना पुनःनिर्माण प्रारम्भ
बिर्तामोड । झापा दोमुखाका अग्निपीडितहरुको क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि एमाले नेता एवम् सांसद एलपी साँवाले नगद हस्तान्तरण गरेका छन् । आज एक कार्यक्रमको आयोजना गरि सांसद साँवाले नगद ५१ हजार हस्तान्तरण गरेका हुन् ।

गत हप्ता शिवसताक्षीस्थित दोमुखा क्षेत्रमा आगलागी हुँदा होटल र युवा क्वलको कार्यालयमा क्षति पुगेको थियो । पीडित परिवारहरुको क्षतिग्रस्त संरचना पुननिर्माणको अभियान थालनी गर्दै सांसद साँवाले सहयोग गरेको उनका स्वकीय सचिव सिकिन पासवानले जानकारी दिए । सो अभियानमा सबैलाई जोडिन आग्रह समेत गरिएको छ । सांसद साँवाले पुनिर्माण समितिका संयोजक उमानाथ पराजुलीलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
नगर प्रमुख चन्द्र शेर्मा लगायतको उपस्थितिमा सो अभियान प्रारम्भ गरिएको छ । नगर प्रमुख शेर्माले क्षतिग्रस्त क्षेत्रको निर्माणमा स्थानीय सरकारको तर्फबाट सहयोग गर्ने बताएका छन् ।