जेष्ठ ९, २०८२ बिहीबार

बिर्तामोडका अग्नि नियन्त्रकलाई अभिमुखिकरण

बिर्तामोड । बिर्तामोडमा अग्नि नियन्त्रणमा कार्यरत कर्मचारीहरुलाई एक दिवसीय अभिमुखिकरण प्रदान गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजना तथा डीएचएस सुरक्षा प्रा.लि भरतपुरको सह–आयोजनामा नगरपालिकाको हलमा सोमबार अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा डीएचएसका प्रमुख छवि सापकोटाले आगलागी र त्यसको नियन्त्रणका लागि अपनाउनुपर्ने उपायका बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षक सापकोटाले आगो नियन्त्रणका लागि प्रयोग हुने उपकरणको प्रयोग, आगोलागीको समयमा गर्न हुने र नहुने कार्यहरुको बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले आगोलागीका कारणहरुमध्ये भान्सामा खाना पकाउँदा हुने लापरवाही, विद्युत सर्ट, चुरोटका ठुटाहरु जताततै फाल्ने, बनभोज खाएर आगो ननिभाउने लगायत रहेको बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी रिजालले झापाको १५ वटा पालिकाहरुमध्ये १० वटामा दमकल रहेको र यसमध्ये पनि एउटा पालिकाको बिग्रिएर थन्किएको अवस्थामा रहेको जानकारी दिए । आगो नियन्त्रणका लागि उक्त दमकलहरु पानी मात्र प्रयोग हुने भएकाले फमबाट चल्ने दमकल खरिद गर्न आवश्यक रहेको बताए ।

नगर प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपाने, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोख्रेल, नयाँ श्रीनाथ गण चारआलीका सेनानी अभिषेक बिष्ट, सशस्त्र प्रहरी बल झापाका प्रमुख प्रदिप सिंह कार्की, ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख निशेष चापागाई,जनप्रतिनिधि,कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन २३, २०७८ सोमबार  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]