जेष्ठ ९, २०८२ बिहीबार

कार्यस्थलको हिंसा बाहिर ल्याउन कठिनाई

बिर्तामोड । महिलामाथि भइरहेको हिंसा व्यक्त नगरेकै कारण समाजमा महिला हिंसाजन्य घटनामा कमि नआएको अधिकारकर्मी महिलाहरुले बताएका छन् ।

झापाको बिर्तामोडमा सोमवार आयोजना गरिएको एक अन्तरक्रियामा महिला अधिकारकर्मीहरुले हिंसामा परे तत्कालै व्यक्त गरे मात्रै हिंसाजन्य घटनामा कमि आउने प्रतिक्रिया दिए ।

‘महिलाको सफलताका लागि हिंसामुक्त कार्यस्थलको आवश्यकता’ विषयक अन्तरक्रियामा जिल्लाभरका अग्रज महिलाले धारणा राख्दै कार्यस्थलमा हिंसा हुने गरेको बताएका छन् । अधिकांश सहभागीहरुले कार्यस्थलमा भएको हिंसालाई बाहिर ल्याउन कठिनाई हुने गरेको बताउँदै व्यक्तिगत रुपमा मात्रै हिंसाको घटना सुनाउने गरेको बताएका छन् ।

?????????

नारी सञ्चार गृह झापाको संयोजन , मिडिया एड्भोकेशी ग्रुप र सोलिडारिटि सेन्टरको आयोजनामा आयोजित अन्तरक्रियामा अधिकांश महिलाले हिंसाको घटनालाई बाहिर ल्याउन नै कठिनाई हुने गरेको बताएका थिए । महिला हिंसामा परेको बेला महिलाबाटै असहयोग हुने डरले कतिपय हिंसाका घटना बाहिर समेत ल्याउन जोखिम भएको उनीहरुको भनाई थियो ।

झापा बारकी सचिव हेमकला कट्टेलले महिला हिंसाका घटना बारे कानुनी सचेतनाकै खाँचो भएको बताईन् । उनले कानुन भएर पनि सरोकारवाला यसबारे बेखवर भएको उनको भनाई थियो । उनका अनुसार महिलामाथि हुने हिंसा र संवेदनशीलताका आधारमा कानुन पनि पर्याप्त छैन ।

नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षता र पूर्व अध्यक्ष अम्बिका भण्डारीको सहजिकरणमा भएको कार्यक्रममा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य, राप्रपा बिर्तामोड अध्यक्ष रञ्जु प्याकुरेल, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य संगीता थापा, ट्रेड युनियन नेतृ सीता सापकोटा, जनप्रतिनिधि निर्मला परियार, एमाले नेतृ रेणुका डाँगी, अधिवक्ता टीका लामिछाने, पत्रकार लीला अनमोल, पत्रकार इन्दु पूर्वेली, पत्रकार मोहन काजी लगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : फाल्गुन २४, २०७८ मंगलबार  ८ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]