बैशाख २६, २०८२ शुक्रबार

नेप्सेमा ३० अंकको गिरावट

काठमाडौं – बुधबार नेप्से परिसूचकमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २५ सय १४.६५ बिन्दुमा पुगेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार ३० दशमलव २९ अंकले नेप्सेमा गिरावट आएको छ। मंगलबारको सार्वजनिक बिदापछि खुलेको सेयर बजारमा बुधबार कारोबार रकममा समेत गिरावट आएको छ ।

सोमबार नेप्सेमा दुई अर्ब ६० करोड रकम बराबरको कारोबार भएकोमा बुधबार दुई अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँको कारोबार भएको छ ।

सेयर बजारमा बुधबार दुई सय २९ कम्पनीको सेयर किनबेच भएको थियो । १९४ कम्पनीका सेयरधनीले रकम गुमाएका छन् भने जम्मा २९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।  

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ५ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]