जेष्ठ ९, २०८२ बिहीबार

झापामा ठुलो परिमाणमा लागुऔषध बरामद : ७ युवासहित अटो नियन्त्रणमा

बिर्तामोड । झापा प्रहरीले लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरील बारा निजगढ नगरपालिका वडा नं.९ बस्ने बर्ष २६ को प्रकाश खुलाल र जिल्ला बझाङ सुर्मा गाउँपालिका वडा नं.३ बस्ने बर्ष २२ को संजय बोहराको साथबाट ३० पत्ता (४५० ट्याबलेट ), २ पत्ता ( १६ क्याप्सुल ), बिर्तामोड न.पा. वडा नं.९ गरामनी बस्ने धनसिंह राजवंशी र ८ बस्ने रोशन शिवाकोटीको साथबाट डाईजेपाम ३६ एम्पुल, फेनारगन २९ एम्पुल, लुपिजेसिक ३७ एम्पुलसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

नियन्त्रणमा लिइएका चारै जनाको अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरीले मंगलवार भद्रपुर–५ स्थित नयाँ बजार र मेचीपुलबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

यस्तै, बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित अट्टो र ३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलवार २ बजे अर्जुनधारा ११ स्थित पूर्व पश्चिम सडक खण्डमा अस्थायी प्रहरी बिट नयाँ बसपार्कबाट खटिएको टोलीले पश्चिम आउँदै गरेको प्रदेश १–०१–००२ ह १०१ न. को अटो ट्याम्पुलाई शंका लागि चेकजाँच गर्ने क्रममा लागुऔषध फेला पारेको थियो ।

अटो चालकको सिट मुनि लुकाइ छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागु औषध लुपिजेसिक २०० एम्पुल, एबट २०० एम्पुल , डाईजेपाम २०० एम्पुल र नाईट्राभेट ३०० ट्याब्लेट सहित अटो, अटो चालक भद्रपुर १ बस्ने बर्ष २३ को सुमन मिश्र, अटोमा सवार सोही ठाउँ बस्ने बर्ष २७ को युगल खत्री र बर्ष २४ को शंकर लिम्बु सहितलाई नियन्त्रणमा लिई इप्रका अनारमनीमा राखिएको छ । थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कारवाही अघि बढाइएको छ ।

प्रकाशित मिति : फाल्गुन २५, २०७८ बुधबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]