जेष्ठ ९, २०८२ बिहीबार

झापामा मोटरसाइकल चोरीमा सक्रिय भारतीयसहित एक गिरोह सार्वजनिक

बिर्तामोड । झापामा मोटरसाइकल चोरीमा संलग्न एक गिरोहलाई झापा प्रहरीले सार्वजनिक गरेको छ । विभिन्न स्थानबाट चोरी भएका ७ वटा मोटरसाइकलसहित आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय झापाले एक भारतीयसहित ६ जनालाई सार्वजनिक गरेको हो ।

झापाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्दै विक्रि कार्यमा संलग्न भद्रपुर –७ का २१ वर्षीय प्रकाश सहनी, सोही वडाका २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दिपक राउत, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर १ का वीर्ख लिम्बु, भारत किसनगञ्ज घर भई भद्रपुर बस्दै आएका १९ वर्षीय मोहम्मद समिमलाई झापा प्रहरीले सार्वजनिक गरेको हो ।

समिम भद्रपुरमा ग्यारेज सञ्चालन गर्दै बसेका छन् । उनले मोसा चोरीमा संलग्नहरुलाई विक्रिमा सहयोग गरेको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार समिमले मोटरसाइकलका पाट पुर्जा, नम्बर प्लेट परिवर्तन गरी अन्य ब्यक्तिलाई मुल्य निर्धारण गरी बिक्रि बितरणमा सहयोग गर्दै आएका थिए ।

बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना अत्याधिक मात्रामा बढेपछि प्रहरीले निगरानी बढाएको थियो । सवारी धनीहरुले दिएको उजुरीका आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले भद्रपुर नगरपालिका वडा नं.७ वस्ने वर्ष २१ को प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री बितरण गरेको भन्ने गोप्य सूचना पाएको थियो ।

प्रहरीले सोही सूचनालाई आधार मानेर निगरानी गर्दा फागुन २३ गते दिउसो बिर्तामोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयको कम्पाउण्डमा पार्किङ गरी राखेको लु.८३ प. ३५५४ पल्सर मोटरसाईकल चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको थियो ।

सहनीलाई पक्राउ गरेपछि प्रहरीले सोधपुछ गर्दा ७ वटा मोटरसाईकलहरु विभिन्न व्यक्तिको सहयोगमा चोरी तथा विक्री गरेको प्रहरीले पत्ता लगाएको थियो । झापाका प्रहरी प्रवक्ता बसन्त पाठकका अनुसार झापा जिल्ला अदालतबाट मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी कसुरमा बुधबार ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : फाल्गुन २६, २०७८ बिहीबार  २ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]