असार २०, २०८२ शुक्रबार

बिर्तामोडमा प्रदेशस्तरीय वडि विल्डिङ्ग शुरु , ३० खेलाडी छनोट

बिर्तामोड । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको ‘मिस्टर कञ्चनजंघा वडि विल्डिङ्ग च्याम्पियनसिप’ प्रतियोगिता बिर्तामोडमा सुरु भएको छ ।

वडि विल्डिङ्ग च्याम्पियनसिपको पहिलो दिन शुक्रवार अतिथि सदनमा प्रिजर्जिङ राउण्ड सम्पन्न भयो । प्रि–जर्जिङ राउण्डको कार्यक्रमका प्रमुख अतिथि बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाबाट सहभागी भएका ४४ जना पुरुष खेलाडीहरु मध्ये ३० जना खेलाडी फाइनलको लागि छनोटमा परेका छन् । छनोटमा परेकाहरु मध्ये ५५ केजी तौल समुहका ६ जना, ६० केजी तौल समुहका ६ जना, ६५ केजी तौल समुहका ६ जना, ७० केजी तौल समुहका ६ जना र ७० केजी तौल भन्दा माथिको समुहका ६ जना खेलाडी छन् ।

प्रतियोगिताको जजहरुमा शारीरिक संगठन संघका सदस्य तथा जज कमिटी अध्यक्ष शिवलाल श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद सदस्य राजेन्द्ररत्न तुलाधर, राष्ट्रिय तथा अन्तराष्ट्रिय निर्णायक अजय बज्राचार्य,एशियन रेफ्रि शिव मुखिया,राष्ट्रिय निर्णायक केशव नागा,रणबहादुर थेवे,हरि धिमाल,दिपेश पाठक,पुर्ण तामाङ र सीता राई श्रेष्ठ रहनु भएको थियो ।

प्रतियोगिता बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको प्रायोजनमा प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताका ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा दोस्रो हुनेले दुई लाख, तेस्रोले १ लाख ,चौथोले ७५ हजार र पाँचौं हुनेले ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा लेडिज च्याम्पियनसिप समेत हुने छ । जसको विजेताहरु फस्ट रनर अपले १५ हजार,सेकेण्ड रनरअपले १० हजार र थर्ड रनरअपले ५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीताको फाइनल खेल २८ गते शनिबार बिर्तामोड सिटी सेन्टरमा रहेको साइ प्यालेस हलमा साँझ ५ बजेदेखि सुरु हुने प्रतियोगीता आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन २७, २०७८ शुक्रबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]