बैशाख २७, २०८२ शनिबार

यात्रुबाटै लुटिए टेम्पो चालक

इन्द्रकुमार राई
अर्जुनधारा । झापा अर्जुनधाराका एक टेम्पो चालक लुटिएका छन् । दुई जना लुटेराहरुले टेम्पो चालकको धनमाल लुटपाट गरेको शनिश्चरे प्रहरीमा उजुरी परेको छ ।

आइतबार साँझ ६:३० बजे अर्जुनधारा नगरपालिका– ५ स्थित बासबारी बस्ने ३३ बर्षीय चन्द्र दाहाल लुटिएका हुन् । उनको साथमा रहेको ३५ हजार रुपैयाँ बराबरको धनमाल लुटिएको बताइएको छ ।

मे १ ह ५६८३ नम्बर टेम्पोका चालकबाट लुटेराहरुले १० हजार रुपैयाँ नगद , घडी १ थान, मोबाइल १ थान ,चाँदीको बाला १ थान र टेम्पोको १ थान चाबी सहित लुटेका छन् । पीडित दाहाल भन्छन् – ‘आइतबार साँझ ६ः १० बजे चारपानेमा दुई जना यात्रु हामी शनिश्चरे जान्छौं, लक्ष्मीपुर बाटो हुँदै हामीलाई शनिश्चरे पु¥याउँ भन्दै टेम्पोमा चढे । अनि मैले टेम्पो चारपाने – लक्ष्मीपुर हुँदै शनिश्चरेतिर ल्याउने क्रममा दयार गाउँ नजिक एकान्त ठाउँमा आइपुग्दा एक जनाले एकासी टेम्पो रोक भनेपछि मैले टेम्पो रोके ।

दुई जनाले मलाई बोक्सिङ (मुक्का ) ले मुखमा हिर्काउँदै लछारपछार गरेर उनीहरुले मेरो गोजीबाट पर्समा रहेको नगद र जिन्सी सामानहरु लुटे ।’ लुटेराहरुको तत्काल खोजी गरि पक्राउका लागि दाहालले शनिश्चरे प्रहरी चौकीमा सोमबार निवेदन दिएका छन् ।

प्रकाशित मिति : चैत्र २, २०७८ बुधबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]