जेष्ठ ८, २०८२ बुधबार

क्षतिपूर्तिका लागि प्रदेश सरकारसँग माग

विराटनगर । एक हप्ताअघि सङ्खुवासभाको मादीमा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्तिका लागि नेकपा (एमाले) प्रदेश नं १ कमिटीका अध्यक्ष एवं प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले माग गर्नुभएको छ ।

न्यौपानेले मुख्यमन्त्री राजेन्द्रकुमार राईसँगको भेटमा प्रतिपरिवार रु १० लाख र घाइतेको निःशुल्क उपचारका लागि माग गर्नुभयो । पीडितको समस्या छिटोभन्दा छिटो सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो । गत बिहीबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका १५ जनाका परिवार तथा घाइतेलाई प्रदेश सरकारले राहत उपलब्ध गराउन नसकेको भन्दै एमालेले प्रदेश सरकारको आलोचना गरेको छ । उक्त दुर्घटनामा १४ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते चारजना अहिले उपचाररत छन् ।

प्रकाशित मिति : चैत्र ३, २०७८ बिहीबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]