जेष्ठ ८, २०८२ बुधबार

उधोग संघको केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश इञ्चार्जमा मैनाली

बिर्तामोड । झापा बिर्तामोडका व्यवसायी अर्जुन मैनाली नेपाल उधोग संघको केन्द्रीय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
शनिवार चितवनमा सम्पन्न नेपाल उधोग संघको दोस्रो अधिवेशनबाट मैनाली केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ को इञ्चार्जमा निर्वाचित भएका हुन् । मैनाली बिर्तामोड उधोग वाणिज्य संघका महासचिव समेत हुन् ।

झापाको बिर्तामोडमा रहेर उधोग व्यवसाय सञ्चालन गर्दै आएका मैनाली सामाजिक क्षेत्रमा समेत क्रियाशिल छन् ।
त्यस्तै, झापाबाट नेपाल उधोग संघको केन्द्रीय सदस्यमा पवन खेडिया, डिल्लीबहादुर थापा र विशाल विमली निर्वाचित भएका छन् ।

प्रकाशित मिति : चैत्र ५, २०७८ शनिबार  ८ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]