जेष्ठ ७, २०८२ मंगलबार

पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गरौं : राष्ट्रपति भण्डारी

काठमाडौ -जल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भन्दै शुभकामना सन्देश दिनुभएको छ ।

राष्ट्रपतिले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ– पानी र प्रकृतिसँग प्राणी जगतको अस्तित्व गाँसिएको छ । पृथ्वीमा जीवको उत्पत्ति नै पानीभित्र भयो । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए । वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्नु मानव सभ्यताकै निमित्त चुनौती भएको छ । भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्ने तथा ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्ने जस्ता परम्परागत विधिको संरक्षण गर्नुपर्दछ ।

जल दिवसका अवसरमा आज देशभर विभिन्न कार्यक्रम आयोजना भएका छन् ।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]