जेष्ठ ७, २०८२ मंगलबार

प्रदेश-१ का केही ठाउँमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

बिर्तामोड ।  आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ भने अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेको छ । यही प्रणालीको प्रभावका कारण पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँकाअनुसार आज दिउँसोपछि प्रदेश-१ का पहाडी क्षेत्रका एक/ दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

भोलि भने प्रदेश-१ सहित वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै, पर्सिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् । 

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]