जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोडका धार्मिक विधालयका विधार्थीलाई पोसाक

बिर्तामोड । बिर्तामोड नगरपालिकाले मंगलबार २ वटा धार्मिक विद्यालयका विद्यार्थीहरुलाई कपडा वितरण गरेको छ ।

नगरपालिकाले बिर्तामोड–२ मा रहेको साङ्गवेद विद्याआश्रमका ३१ जना र बिर्तामोड ६ मा रहेको हरिहर आश्रमका २९ जना विद्यार्थीहरुलाई कमिज सुरुवाल वितरण गरेको हो । विद्यार्थीलाई संक्षिप्त कार्यक्रमका विच नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले कपडा वितरण गरे । कपडा वितरण कार्यक्रममा बिर्तामोडका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शिक्षा शाखा अधिकृत केशर खवास लगायत विद्याआश्रम व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले यसअघि १७ वटा सामुदायिक विद्यालयका तीन हजार ४ सय ६१ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिसकेको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि नगरपालिकाले पोशाक वितरण गर्दै आएको हो ।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]