जेष्ठ ७, २०८२ मंगलबार

हातहतियार बुझाउन जिल्ला प्रशासन झापाको आग्रह

झापा – स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आज सूचना जारी गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले सूचना जारी भएको १५ दिनभित्रमा सबैले आफूसँग भएका हातहतियार बुझाउन आग्रह गर्नुभयो । उहाँले सो हातहतियार निर्वाचन सम्पन्न भए पश्चात सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : चैत्र ८, २०७८ मंगलबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]