स्थानीय चुनावमा एमालेका कुन नेतालाई कहाँ जिम्मेवारी ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावका लागि पार्टीका वडादेखि केन्द्रसम्मका नेताहरुलाई एक तह मुनिको भूगोलमा खटिन निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्नुहुँदै अध्यक्ष ओलीले को कहाँ खटिने किटान गर्नुभएको हो । जसअनुसार भूगोलबाहेक गैर भौगोलिक कार्यक्षेत्र भएका सबै केन्द्रीय सदस्यहरु आफू सम्बद्ध जिल्लाको निर्वाचनमा केन्द्रित हुनुपर्ने छ ।
कुन सदस्य कहाँ खटिन्छन् ?
केन्द्रीय कमिटी सदस्य : जिल्लामा
प्रदेश कमिटी सदस्य : पालिकामा
जिल्ला कमिटी सदस्य : वडामा
वडा कमिटी सदस्य : टोल टोलमा
टोल कमिटी सदस्य : घर धुरीहरुमा
सम्पर्क मञ्च सदस्य : पालिकामा