जेष्ठ ७, २०८२ मंगलबार

२ करोड मतपत्र छापिने

काठमाडौँ । आगामी वैशाख ३० गतेको हुने स्थानीय तहको निर्वाचनका लागि २ करोड मतपत्र छापिने भएको छ ।

निर्वाचन आयोगमा आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्न लागिएको जानकारी दिएका हुन् ।

मतपत्र छाप्नका लागि ११ करोड रुपैयाँको कागज किनिसकेको छ । उनका अनुसार मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । यस निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुन सक्ने अनुमान आयोगले गरेको छ । अन्तिम मतदाता नामावली भने चैत १३ गते सार्वजनिक हुने सहायक प्रवक्ता अर्यालले जनाए ।

प्रकाशित मिति : चैत्र १०, २०७८ बिहीबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]