जेष्ठ ७, २०८२ मंगलबार

मानव अधिकार एलायन्स झापाको अध्यक्षमा प्रेमा

बिर्तामोड । मानव अधिकार एलाइन्स झापाले नयाँ कार्यसमिति चयन गर्दै प्रथम अधिवेशन तथा चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा प्रेमा भटराई, उपाध्यक्ष ,कृष्ण दंगाल , सचिव अर्जुन कुमार पाठक , कोषाध्यक्ष बिमला ढकाल सदस्यहरुमा कोशिस घिमिरे ,तोया मिश्र , पार्वता खतिवडा ,गंगा नेपाल , रेखा रेग्मी , सोमनाथ तिम्सिना एकेन्द्र उप्रेती र दिपक दास चयन भएका छन् ।

मानव अधिकार झापाका कार्यबाहक अध्यक्ष प्रेम भट्टराईको अध्यक्षता रहेको कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्द्रीय महासचिव बिदुर सुवेदी , नेकपा एमालेका जिल्ला कमिटी सचिव शिव ढुङ्गेल, एमाले झापा प्रचार बिभाग प्रमुख गोपाल काफ्ले , मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य दिलिप कोईराला, रुद्र प्रसाद कोइराला लगायतको उपस्थिति रहेको थियो ।

प्रचार विभाग प्रमुख काफ्लेले मानव अधिकार एलायन्स नेकपा एमालेको जनवर्गीय संगठन भएको जानकारी दिए ।

प्रकाशित मिति : चैत्र ११, २०७८ शुक्रबार  ७ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]