विधार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा चिल्ड्रेन गार्डेनका शिक्षक पक्राउ
बिर्तामोड । झापाको हल्दिबारीस्थित चिल्ड्रेन गार्डेन एकाडेमीका एक शिक्षकलाई कारवाही गर्न माग गरिएको छ । सोही विधालयमा अध्ययनरत १३ वर्षीया छात्रामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा फत्राउ परेका शिक्षकलाई कारवाहीको माग गरिएको हो ।
स्थानीय अभिभावक, जनप्रतिनिधिहरुसहित विभिन्न राजनीतिक दल तथा तिनका भातृसंगठनले घटनाको घोर भत्र्सना गर्दै विज्ञप्ति सार्वजनिक गर्दै कारवाहीको माग गरेका छन् ।
अनेरास्ववियु, नेविसंघ, उज्यालो गोल्धाप बाल क्लव, राप्रपाले घटनाको छानविन गरि दोषीलाई कारवाहीको जोडदार माग गरेका छन् । प्रहरीले सो विद्यालयका शिक्षक श्रीप्रसाद शिवाकोटीलाई शुक्रवार नै नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ । शिक्षकमाथि कक्षा ७ मा अध्ययनरत छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ ।