जेष्ठ ७, २०८२ मंगलबार

आयोगद्वारा ६ सय ७६ निर्वाचन अधिकृत नियुक्त, २९ गतेदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । आगामी ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरका ६ सय ७६ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो  । 

आगामी २९ चैतदेखि जिम्मेवारी लागू हुनेगरी न्यायाधिशलगायत ६ सय ७६ जनालाई नियुक्त गरिएको आयोगले जनाएको छ । ‘निर्वाचन अधिकृतमा नियुक्त कर्मचारीको कार्यरत कार्यालयको ठेगाना सरुवा वा अन्य कुनै कारणले फरक परेको भए हाल कार्यरत कार्यलयले नै व्योहोरा अवगत गरी खटाई पठाईदिन’समेत आयोगले निर्देशन दिएको छ ।

यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्वाचन व्यवस्थापन अभिमुखीकरण तालिमका लागि ३० चैत गते विराटनगर, धुलिखेल, पोखरा, नेपालगञ्ज तथा २ वैशाखमा जनकपुर, हेटौडा, वुटवल र धनगढीमा तालिमको कार्यक्रमसमेत तय गरिएको छ ।

प्रकाशित मिति : चैत्र १३, २०७८ आईतबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]