बैशाख ३०, २०८२ मंगलबार

विधालय क्षेत्रभित्रको हिंसा

सम्पादकीय
मोरङको लेटाङमा गत हप्ता मात्रै एक जना शिक्षकले विधार्थी माथि यौन दुव्र्यवहार गरेको घटनाले कफ्र्यू नै लगाउनुपर्ने परिस्थिति बन्यो । यौन दुव्र्यवहारको घटनाले तनावपूर्ण बनेको लेटाङमा एक जना महिला प्रहरीले ज्यान नै गुमाइन् । त्यो घटना सेलाउन नपाइ, झापाको हल्दिवारीमा त्यस्तै घटना सार्वजनिक भएको छ । एक जना १३ वर्षीया छात्रामाथि शिक्षकले यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । हल्दिवारी १ गोल्धापस्थित चिल्ड्रेन गार्डेनमा कार्यरत एक शिक्षकले विधार्थीमाथि दुव्र्यहार गरेको आरोप लागेपछि प्रहरीले ति शिक्षकलाई नियन्त्रणमा लिइसकेको छ ।

विधालय क्षेत्र भनेको ज्ञानको मन्दिर हो । असल शिक्षा दिने ठाउँमा भइरहेका यस प्रकारका घटनाले अभिभावकको मनमा चोट पुग्छ । विधार्थीहरु त्रसित हुन्छन् । पठनपाठनको वातावरणमा खलल् पुग्छ । शैक्षिक क्षेत्रमा पनि यस प्रकारका यौन दुव्र्यवहारजन्य घटना हुनु दुखद् हो । जहाँ असल शिक्षा दिइन्छ, त्यहाँ यस किसिमका अपराध हुन्छन् भने शैक्षिक संस्थामाथि भरोसा घट्दै जान्छ । पछिल्लो समय शैक्षिक संस्थामा भइरहेका घटनाले समग्र समाजलाई नै आतंकित बनाएको अवस्था छ ।

झापामा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भएको कार्यक्रममा केहि छात्राले शिक्षकहरुले असहज हुने गरि शरिरमा हात राख्ने लगायतका विषय उठाएका थिए । विगत देखि नै गलत प्रवृत्तिका शिक्षकले छात्राको शरिरमा हात राख्ने, ढाडमा सुम्सुमाउने गर्दै आएका छन् । विधार्थीले ति कुराहरुलाई बाहिर ल्याउन सक्दैनन् । किनभने, आफ्नै शिक्षकमाथि प्रश्न उठाउन सक्ने हिम्मत विधार्थीले गर्न सकेका छैनन् । तर, अब हिम्मत गर्नुपर्छ । हिंसा सहेर बस्नु हुदैन । हिंसा विगत देखि नै भइरहको हो । त्यस्ता घटना बाहिर मात्रै नआएका हुन् । विस्तारै त्यस्ता किसिमका घटना बाहिर सार्वजनिक हुन थालेका छन् । अब, हरेक अभिभावकले विधालयमा अनुगमन गरेर विधार्थीमाथि भइरहेको हिंसा बारे अध्ययन गर्नुपर्छ । शिक्षकलाई सचेत गराउनुपर्छ । नत्र, विधालयभित्र हुने हिंसा घट्ने छैन । त्यसका लागि सरोकारवालाले तत्कालै चासो दिन खाँचो छ ।

प्रकाशित मिति : चैत्र १४, २०७८ सोमबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]