आज नेपाल र पीएनजी भिड्दै
काठमाडौँ । नेपालले टि२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत आज पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दैछ । टियु मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
नेपाल आज घरेदु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ब्यहोरेको क्लिन स्विप हारको बदला लिने सोचमा छ भने पीएनजी पनि सुखद् सुरुवातको खोजीमा छ ।
नेपाल र पपुवा न्युगिनीबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । २०१५ को टि२० विश्वकप ग्लोबल छनोटमा पपुवा न्युगिनीले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । तर, घरेलु मैदानमा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालकाे प्रदर्शन राम्राे रहेकाे छ ।
नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।