जेष्ठ ६, २०८२ सोमबार

अर्जुनधारामा सामुदायिक पुस्तकालयको उद्घाटन

इन्द्रकुमार राई
अर्जुनधारा । अर्जुनधारा नगरपालिका –८ स्थित पुरानो सुर्तिहट्टी बजारमा सामुदायिक पुस्तकालयको उद्घाटन गरिएको छ । अर्जुनधारा नगरपालिका भाषा, कला , साहित्य तथा संस्कृति प्रवद्र्धन समितिले मंगलबार नव निर्माणधिन पुस्तकालय भवन परिसरमा आयोजना गरेको पुस्तकालय उद्घाटन तथा अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार वितरण समारोहबीच पुस्तकालयको उद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् साहित्यकार पुण्यप्रसाद खरेलले अर्जुनधारा नगरपालिका – ८ भाषा, कला , साहित्य तथा संस्कृति प्रवर्धन समितिका संयोजक सुशिला सुवेदी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलाई पुस्तक हस्तान्तरण गरेर सो पुस्तकालयको उद्घाटन गरेका हुन् ।

संयोजक सुवेदीले कार्यक्रमको औचित्यबारे प्रकाश पारेकी थिइन् । त्यसैबीच साहित्य क्षेत्रमा निरन्तर योगदान पु¥याउने बिष्णुप्रसाद भट्टराईलाई सम्मान– पत्रसहित नगद ५१ हजार रुपैयाँले पुरस्कृत गरिएको थियो । सोही अवसरमा भाषा ,कला ,साहित्य तथा संस्कृति प्रवद्र्धन समिति अर्जुनधारा नगरपालिका – ३ लाई नौमती बाजा सामग्रीहरु वितरण गरिएको थियो ।

त्यस्तै नेवा देव , दवु अर्जुनधारा नगरसमितिका सचिव सन्तोष श्रेष्ठलाई लाखेनाच सम्बन्धी मकुण्डो वितरण गरिएको प्रवद्र्धन समितिका सदस्य कुमार भट्टराईले जानकारी दिए । नगरपालिकाले ११ वटै वडाका भाषा, कला , साहित्य तथा संस्कृति प्रवद्र्धन शाखा समितिलाई कदर– पत्र प्रदान गरिएको बताइएको छ । कार्यक्रममा स्थानीय कलाकारद्वय सन्तोष आले र हरिप्रसाद काफ्लेले गीत प्रस्तुत गरेका थिए भने गान्धारी मिश्र लगायतले कविता , मुक्तक र संगिनी गीत प्रस्तुत गरेका थिए ।

संयोजक सुवेदीको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि खरेलले पुस्तकालय उज्यालोको संज्ञा दिदैं उज्यालोको वृक्ष रोपण गरिएको बताएका छन् । उनले नगरका योग साहित्य स्रष्टाहरुलाई नगरपालिकाले सम्मान गरेकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा विशेष अतिथि तथा अर्जुनधारा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । यसअघि साहित्यकार सरोजकुमार ओलीलाई समितिले सम्मान गरिसकेको छ ।

प्रकाशित मिति : चैत्र १६, २०७८ बुधबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]