कपडाको झोला उत्पादन प्रशिक्षण
अर्जुनधारा । झापाको अर्जुनधारामा प्लाष्टिक न्यूनिकरणका लागि कपडाको झोला उत्पादन तथा ९ दिने झोला बनाउने प्रशिक्षण संचालन भएको छ । स्थानीय जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजना र अर्जुनधारा नगरपालिकाको सहयोगमा झोला उत्पादन तथा प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो । विशिष्ट अतिथि शुशिला सुवेदीले कपडाको झोला उत्पादन तथा झोला बनाउने प्रशिक्षण कार्यक्रमको उद्घाटन् गरेकी थिइन् ।
केन्द्रकी उपाध्यक्ष देवकला प्रसाईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाले प्रशिक्षण कार्यक्रम चैत २५ गते समापन भएता पनि झोला उत्पादन कार्य आगामी जेठ ३० गते सम्म निरन्तरता रहने बताइन् । नगरपालिकाबाट २ लाख रुपैयाँ र श्रमदानबाट ३६ हजार रुपैयाँ प्राप्त भएको लगानीमा झोला उत्पादन गर्न सहज भएको प्रसाई बताउँछिन् । २५ जना परीक्षार्थी सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक लिला पोखरेल मिश्रले सहजीकरण गर्ने संस्थाकी सचिव इन्दिरा दाहालले जानकारी दिइन् ।
केन्द्रकी अध्यक्ष पुनम सुवेदीको सभापतित्व रहेको कार्यक्रममा विशिष्ट अतिथि शुशिला ,नगरपालिकाका परिषद सदस्य सेवन्तकुमार ढकाल, समाजसेवी लिला राईले कपडाको झोला उत्पादन गर्दा नगरक्षेत्रभित्र प्लास्टिक न्यूनिकरण गर्न मद्दत मात्र होइन । महिला दिदीबहिनीहरुको आत्मनिर्भर बनाउने विश्वास गरेका छन् । उक्त प्रशिक्षण कार्य प्राचीन शिवालय मन्दिर श्रवणहलमा संचालन भइरहेको छ ।