जेष्ठ ६, २०८२ सोमबार

गठबन्धन गर्नेले दु:ख पाउँछन् : नेम्वाङ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपालको २४ औँ वाार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक बताउनुभयो । ‘गठबन्धन मूल्य र मान्यतामा आधारित हुनुपर्छ । विचार र सिद्धान्तमा आधारित हुनुपर्छ, ’नेम्वाङले भन्नुभयो,‘यि सबै कुरालाई ध्यानमा राखेर संसदीय मुल्य र मान्यतामा आधारित लोकतान्त्रिक मुल्यमान्यता अनुरुप त्यस्ता गठबन्धन हुनुपर्छ ।’

वर्तमान सत्तारूढ गठबन्धनप्रति सांकेतिक रूपमा टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘त्यो ( सत्तारूढ गठबन्धन) भएको छ कि छैन ? त्यतातर्फ म टिप्पणी गर्न चाहन्न । यत्ति भन्छु, ढंग पुगेन भने मित्रहरू दुख पाउनुहुन्छ !’ उनले भने ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  १२ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]