जेष्ठ ६, २०८२ सोमबार

सरकारको दादागिरी विरुद्ध बिर्तामोडका व्यापारीद्वारा सडक अवरुद्ध

बिर्तामोड । झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको शाह कपडा पसलमा शिल गरेपछि स्थानीय व्यवसायीले यातायात अवरुद्ध गरेका छन् ।

राजश्व अनुसन्धान कार्यालय इटहरीले अनुगमनका क्रममा लालबाबु शाहले सञ्चालन गर्दै आएको कपडा पसल शिल गरेको बुझिएको छ । शिल गरेको सूचना पाएपछि व्यवसायीका प्रतिनिधि पुग्नासाथ राजश्वका कर्मचारी भागेको भन्दै यातायात अवरुद्ध गरिएको छ ।

बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार राजश्वका कर्मचारी भागेको कुराले आशंका उब्जाएको छ । उनले किन शिल भयो भनेर सोधीखोजी समेत गर्न नपाएको जानकारी दिए । सरकारको दादागिरी विरुद्ध सबै व्यवसायीलाई विरोधमा त्रिन आव्हान समेत गरिएको छ ।

त्यसैको विरोधमा बिर्तामोडका व्यापारीले सडक अवरुद्ध गरिरहेका छन् । भागेका भनिएका राजश्वका कर्मचारीलाई रोक्न मुक्तिचोकमा भेला भएका व्यापारीले प्रशासनलाई सो टोली पक्राउ गर्न आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : चैत्र १७, २०७८ बिहीबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]