वार्ताको सहमतिपछि बिर्तामोडमा खुलाइयो यातायात
बिर्तामोड । वार्ता गर्ने सहमतिपछि बिर्तामोडका व्यवसायीले अवरुद्ध गरेको यातायात खुलाइएको छ । आज झापाको बिर्तामोडस्थित शनिश्चरे रोडमा रहेको शाह कपडा पसलमा शिल गरेपछि स्थानीय व्यवसायीले यातायात अवरुद्ध गरेका थिए । शिल गरेको आक्रोसमा व्यवसायी सडकमै उत्रिएका थिए ।
राजश्व अनुसन्धान कार्यालय इटहरीले अनुगमनका क्रममा लालबाबु शाहले सञ्चालन गर्दै आएको कपडा पसल शिल गरेको थियो । शिल गरेको सूचना पाएपछि व्यवसायीका प्रतिनिधि सो कपडा पसल पुग्दा राजश्वका कर्मचारी हिडिसकेका थिए ।
बिर्तामोड उधोग वाणिज्य संघका महासचिव अर्जुन मैनालीका अनुसार प्रमुख जिल्ला अधिकारीले शुक्रवार विहान ८ बजे वार्ताको सहमति जनाएपछि अवरुद्ध गरिएको यातायात सञ्चालन गर्न दिइएको छ ।