बैशाख ३०, २०८२ मंगलबार

पशुपालनमा आकर्षण

सम्पादकीय
कृषि र पशुपालनमा निराश भएका किसानलाई स्थानीय तहको सहयोगले फेरि उत्साह प्रदान गरेको छ । स्थानीय तहको उत्साहकै कारण पशुपालनमा आम नागरिकको आकर्षण बढेर गएको पाइन्छ । भर्खरै सार्वजनिक एक तथ्याङकले प्रदेश १ बंगुर पालनमा अगाडि रहेको देखाएको छ । प्रदेश १ को झापा प्रदेश मै अगाडि रहेको तथ्याङक छ । झापा जिल्ला बंगुरको मासुका लागि आत्मनिर्भर भइसकेको प्रदेश १ सरकारको तथ्याङकमा पाइएको छ । यसले बंगुरपालनमा किसानको संख्या बढ्दै गएको स्पष्ट छ ।

गाउँगाउँमा पशुपालनका लागि संरचनाहरु निर्माण गरिएका छन् । गाउँ प्रवेश गर्ने वित्तिकै हरेक परिवारमा पशुपालन गरेको पाइन्छ । तुलानात्मक हिसावले विगतमा भन्दा पशुपालन गर्नेको संख्या बढेर गएको छ । स्थानीय तहको सहयोग कै कारण पशुपालक किसान प्रोत्साहित पनि भइरहेका छन् । सामान्य सहयोग पाउँदा किसानमा आत्मबल पनि आउँछ । जसका कारण व्यवसायी बन्न सकिरहेका छन् । गाई पालन गरेर धेरैले मनग्ये आम्दानी गरिरहेको पाइन्छ ।

केहि वर्षअघि सम्म १÷२ वटा बाख्रा पाल्नेहरु अहिले व्यवस्थित रुपमा खोर बनाएर बाख्राको व्यवसायिक रुपमा पालन गरिरहेका छन् । स्थानीय तहले गोठ सुधार कार्यक्रम नै बनाएर किसानलाई सहयोग पुराइरहेको अवस्था छ । गाई,बाख्रा, पाडा, बंगुर पालनामा किसानको आकर्षण छ । कतिपयले अनुदानका लागि मात्रै पनि पशुपालन गरिरहेका छन् । स्थानीय तहले त्यस्ता किसानलाई अनुगमन गरेर खास किसानभन्दा बाहिर अनुदान दिन रोक्नुपर्छ । यदि अनुदानको दुरुपयोग भयो भने फेरि यो क्षेत्रमा समस्या आउन सक्छ । यसैले पशुपालनमा बढ्दै गरेको आकर्षणलाई बढाउन किसानसम्म स्थानीय सरकारको समन्वय र सहकार्य जरुरी छ ।

प्रकाशित मिति : चैत्र २३, २०७८ बुधबार  ९ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]