बैशाख ३०, २०८२ मंगलबार

बिर्तामोडको पार्किङ व्यवस्थापन मिलाउ

सम्पादकीय
झापाको बिर्तामोडमा सवारी चाप बढ्दै गएको छ । बढ्दो शहरीकरणले यहाँको सडक क्षेत्रमा चाप छ । अव्यवस्थित सडक किनार र पार्किङ अभावले बिर्तामोड कुरुप बनिरहेको छ । कुरुप बिर्तामोडलाई सुन्दर बनाउने एउटा महत्वपूर्ण काम भनेको नै पार्किङको व्यवस्थापन हो । तर, यहाँको पार्किङ व्यवस्थापन हुन नसक्दा बिर्तामोड हरेक दिन साँघुरो बन्दै गइरहेको छ । स्थानीय तहले पनि पार्किङ व्यवस्थापन गर्न सकेन । साँघुरो सडक बढाएर अहिले चार लेनको बनाइएको छ । त्यै पनि यहाँको चारलेन सडक प्रयोगमा आउन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सदरमुकाम जोड्ने सडकलाई चारलेन बनाए । चारलेन बनाउन खासगरी बिर्तामोड–भद्रपुर रोडको पार्किङ समस्या पनि समाधान हुने विश्वास गरिएको थियो । तर, चारलेनमा दुई लेन पार्किङमै प्रयोग भइरहेको छ । पार्किङ अभावका कारण सर्वसाधारणले सडकको छेउछेउमा सवारी पार्किङ गरिरहेका छन् । उनीहरुको बाध्यता एकातिर छ, तर यसको व्यवस्थापनको विल्प छैन । दुई चक्के सवारी मात्र होइन, चार चक्के सवारी पनि पार्किङ गरिरहेको पाइन्छ ।

झापामा ट्राफिक प्रमुखको रुपमा भर्खरै अशोक कुमार जवेगु आएका छन् । जिल्ला कार्यलय नै बिर्तामोड भएको हुँदा आफ्नै आँखा अगाडिको समस्या समाधानमा उनले मुख्य प्राथमिकता दिनैपर्छ । आउने जाने नियमित प्रक्रिया नै हो । तर, एउटा कार्यलयमा जिम्मेवारी सम्हालेपछि आफ्नै नेतृत्वमा एउटा महत्वपूर्ण काम गर्नैपर्छ । यहाँको पार्किङका लागि घरधनीले कुनै व्यवस्थापन गरेका छैनन् । एकाध घरमा पार्किङको व्यवस्था भएपनि अधिकांश घरमा पार्किङ छैन । उनीहरुले घर भाडा लगाएका छन् । तर, पार्किङ गर्ने ठाउँ दिन सकेका छैनन् । तत्काल ट्राफिक कार्यालयले बिर्तामोडको अव्यवस्थित पार्किङलाइ व्यवस्थित बनाउन आवश्यक पहल शुरु गरोस् । नयाँ ट्राफिक प्रहरी प्रमुखले एउटा काम चाँही गरुन् ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]