बैशाख २६, २०८२ शुक्रबार

बिर्तामोडका सेवा निवृत लुइटेलको विदाई, उपदान वापत ४३ लाख

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सेवा निवृत कर्मचारी भास्कर लुइटेललाई विदाई गरेको छ ।

वडा नम्बर २ को कार्यालयमा सचिव पद (सहायक स्तर पाँचौ) बाट उमेर हदका कारण सेवा निवृत भएका लुर्इटेललाई मंगलबार नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमका विच विदाई गरिएको हो । लुइटेललाई नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,प्रुमख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, वरिष्ट कार्यक्रम अधिकृत जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङले सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

३४ वर्ष लामो सरकारी सेवाबाट निवृत भएका लुइटेललार्इ नगरप्रमुख शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उपदान वापतको ४३ लाख रुपैयाँको चेक समेत हस्तान्तरण गरेका छन् ।

बिर्तामोड २ निवासी लुईटेल २०४४ साल चैत्र ५ गते बहिदार पदबाट सरकारी सेवामा प्रवेश गरेका थिए । कार्यक्रममा नगरप्रमुख शिवाकोटी, प्रुमख प्रशासकीय अधिकृत न्यौपाने र शिक्षा शाखा प्रमुख भण्डारीले लुइटेलको प्रशंसा गर्दै बाँकी जीवनको लागि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नगरपालिकाको विषयगत सबै शाखाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : बैशाख ७, २०७९ बुधबार  ७ : १२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]