बैशाख ३०, २०८२ मंगलबार

गठबन्धनविरुद्ध कार्यकर्ताको आक्रोस

सम्पादकीय
लामो समयको सकसपूर्ण छलफलपछि सत्तारुढ गठबन्धनले महानगर र उपमहानगरमा भागवण्डा मिलाएका छन् । शिर्ष नेताहरु बालुवाटारमा बसेर धमाधम भागवण्डा मिलाइरहेका थिए । सोही दलका नेताहरु भातृसंस्थाको कार्यक्रममा कांग्रेस एक्लै लढ्नुपर्छ, एमालेसँग कांग्रेस कहिलेसम्म डराइरहने भन्दै जोडतोडका साथ भाषण गरिरहेका थिए । यो घटना बुधबार दिनभरको हो । शिर्ष नेता भागवण्डा मिलाउन व्यस्त थिए भने दोस्रो तहका नेताहरु एक्लै भिड्न सक्षम छौं भनिरहेका थिए । यसले गठबन्धनमा रहेका दलहरुभित्र सहमति नभएको स्पष्ट बुझ्न सकिन्छ ।

देशमा आशा गरिएका नेता गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहेका छन् । उनको भाषणलाई सहमति जनाउने अन्य नेताहरु पनि त्यसैमा थपिरहेका छन् । यसको अर्थ, शिर्ष नेताहरुमा शक्तिको स्वार्थ स्पष्ट देखियो । स्थानीय निर्वाचनमा पराजित मानसिकताले गर्दा गठबन्धन भएको स्पष्ट छ । स्थानीय चुनावमा आम मतदाताले स्वतन्त्रता पूर्वक मत खसाल्ने छन् । नेताहरुमा गठबन्धन भए पनि मतदातामा गठबन्धन हुन सक्दैन । यहाँ दलका नेता भन्दा पनि काम गर्ने असल र सक्षम उम्मेद्वारको खाँचो छ ।

गठबन्धन मानसिकताले योग्य उम्मेद्वार पछि परेका छन् । गठबन्धनको भागवण्डाका नाममा जस्तोसुकै प्रतिनिधि ल्याएर चुनाव जिताउने प्रयास हुन सक्ने त्रास मतदातामा छ । मतदाता यस प्रवृत्तिप्रति अवश्य सचेत हुनेछन् । गठबन्धनका नाममा भएका भागवण्डा विरुद्ध देशभर कांग्रेस कार्यकर्ताहरु विरुद्धमा उत्रिएका छन् । हेटौडामा कांग्रेस कार्यकताले पार्टी कार्यलयमा तालावन्दी गरे । जनकपुरमा देउवाको पुत्ला नै जलाइसके । मानौं, नेताहरुका लागि कार्यकर्ता दास हुन् । गठबन्धनले कार्यकर्तालाई दास दृष्टिबाट हेरेको छ । यसले निर्वाचनको अभ्यासको भावनालाई समेत न्याय गर्न सक्दैन । मतदाताले विवेक पुराउने समय आएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७९ बिहीबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]