झापामा अझै टुङ्गो लागेन गठबन्धनमा भागबण्डा
बिर्तामोड । झापामा मनोनयन दर्ताको एक दिनअघिसम्म सत्तारुढ गठबन्धन बिच भागवण्डामा सहमति जुट्न सकेको छैन । लामो समयको छलफलमा पनि सहमति जुट्न नसकेपछि सत्तारुढ भित्रै अन्यौलको अवस्था बनेको छ ।
सत्तारुढ गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमै बाहिरिएको छ । समाजबादीलाई हदैसम्मको अपमान भएको भन्दै झापामा समाजवादी बाहिरिएको हो । समाजवादीले सबै पालिकामा मनोनयन दर्ता गर्ने भएको छ ।
यस्तै, जसपा पनि गठबन्धनबाट बाहिरिएको जनाएको छ । आइतवार हुने मनोनयनका लागि उम्मेद्वार नै तय गरिसकेको प्रदेश कमिटी सदस्य गौरीमान राईले जानकारी दिए । उनले कांग्रेस–माओवादी नै गठबन्धनलाई बलियो बनाएर जान नचाहेको बताए । आजसम्म निष्कर्ष आएन , हामी गठबन्धनबाट बाहिरिएका छौं– राईले भने । जसपाले झापामा २ उपमेयर र १५ वटा वडाध्यक्ष माग गरेको थियो । गठबन्धनलाई बलियो बनाएर जान चाहाँदा चहादैं कांग्रेस, माओवादी प्रक्रियाबाट भागेको जसपाको आरोप छ ।
यता, नेकपा माआवादी केन्द्रका नेता सिपी कडरियाले गठबन्धन सहमति नजिक पुगेको बताएका छन् । उनले केहि ठाउँको विषयमा छलफल जारी रहेको भन्दै रातभरमा टुङ्गो लगाउने बताए । आइतवार हुने उम्मेद्वारी मनोनय अगावै भागवण्डा टुङ्गो लाग्ने कडरियाको भनाई छ ।