जेष्ठ ४, २०८२ शनिबार

पाँचथरको काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

पाँचथर – नेपाली काँग्रेस पाँचथरको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ ।

काँग्रेस कार्यकर्ताले टिकट बाँडफाँडको विषयमा असन्तुष्ट जनाउँदै तालाबन्दी गरेका हुन् । मनोनयन पत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारको टुङ्गो नगरेको भन्दै आक्रोशित कार्यकर्ताले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँड गर्न खोजेको असन्तुष्टि जनाउका छन् ।

नेपाली काँग्रेस प्रदेशसभा ‘क’का क्षेत्रीय सचिव सुन्दर आचार्यले पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरीत काम गरिरहेका भन्नुहुँदै पार्टी नेतृत्वको कदम नसच्चिए पार्टी दुर्घटनामा पर्ने बताउनुभयो ।

काँग्रेसले विवादका कारण पाँचथरका कुनै पनि स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन।

प्रकाशित मिति : बैशाख ११, २०७९ आईतबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]