जेष्ठ ३, २०८२ शुक्रबार

झापामा पहिलो दिन ७४४ जनाको उम्मेद्वारी दर्ता

बिर्तामोड । उम्मेद्वारी मनोनयनको पहिलो दिन झापामा ७४४ जनाले विभिन्न पदमा उम्मेद्वारी दर्ता गराएका छन् । झापाका मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमका अनुसार सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ११५ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

झापाको १५ स्थानीय तहमा मेयर-अध्यक्षमा ३७ जनाले उम्मेद्वारी दिएका छन् । उपमेयर र उपाध्यक्षमा ३१ जनाले उम्मेद्वारी दर्ता गराएको गौतमले जानकारी दिए ।

जिल्लाभर १३१ वडाका लागि १९९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने सदस्यमा ४७७ जनाले उम्मेद्वारी दिएका छन् । सबैभन्दा बढी बिर्तामोडमा उम्मेद्वारी परेको छ भने कम कमल गाउँपालिकामा १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । पहिलो दिनको तुलनामा दोस्रो दिन मनोनयन गर्नेको संख्या उच्च हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०७९ आईतबार  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]